मुख्य निर्वाचन र निर्वाचत अधिकृत नियुक्त
काठमाडाैं | पुस २०, २०८२
तस्बिर फाइल
काठमाडौं: २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय पषिद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ।
यसैगरी, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ।

आयोगका अनुसार यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले २०८२ माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नुहुनेछ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली आयोगको वेबसाइटमा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ।
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...
काठमाडौं: बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य ...
काठमाडौं: काठमाडौंको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक ...

